🏵️🌸🌺🏵️🌺🌸🏵️
हिन्दु नारिहरूको महान् पर्व हरितालिका तीज को अवसरमा आमा, दिदि, बहिनि लगायत सम्पूर्णमा हार्दिक मंगलमय शुभकामना
Happy Teej
🏵️🌸🌺🏵️🌺🌸🏵️

हरितालिका तिज हिन्दु नारिहरुको प्रमुख पर्व हो, विशेषगरी नेपालका पहाडी क्षेत्रमा मनाइने यस पर्वलाई महिला सशक्तिकरण, धार्मिक आस्था र संस्कृतिको अद्वितीय प्रतीकको रुपमा लिइन्छ । यो पर्व भाद्र शुक्ल तृतीयाका दिन मनाइन्छ, र मुख्यतया भगवान शिव र माता पार्वतीको पूजाअर्चना गरिन्छ ।
हिन्दू धार्मिक ग्रन्थ अनुसार राजा हिमालयले आफ्नी छोरी पार्वतीको कन्यादान भगवान विष्णुसँग गरिदिने वचन पार्वतीलाई मन नपरे पछि आफूले मन पराएको वर पाउन जङ्गल गएर शिवजीको तपस्या गर्न थालिन् । पार्वतीले तपस्या गरेको एक सय वर्ष पूरा भइ सक्दा पनि आफूले गरेको तपस्याको फल नपाएपछि एक दिन उनले शिव लिङ्गको स्थापना गरी पानी पनि नपिईकन निराहार व्रत बस्न बसिन् । पार्वतीको कठोर व्रतको कारण शिवजी प्रकट भई ‘चिताएको कुरा पुगोस्’ भनी आशिर्वाद दिए पछि भाद्र शुक्ल तृतीया तिथिको दिन शिव पार्वतीको विवाह हुन भएको थियो । सोहि दिनदेखि हिन्दू नारीहरूले प्रत्येक भाद्र शुक्ल तृतिया तिथिको दिनलाई उत्सवका रूपमा मनाउन थाले र यो तीजको रूपमा मनाउने चलन पौराणिक कालदेखि चल्दै आएको मानिन्छ ।